कांग्रेस बैठक : केन्द्रीय तहका नेतालाई क्रियाशील सदस्यता विवाद ५ दिनभित्र टुंग्याउने जिम्मा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ श्रावण २०७८, शुक्रबार ०५:१४

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले कांग्रेस क्रियाशील सदस्यता विवाद समाधान गर्ने जिम्मा केन्द्रीय नेताहरुलाई दिएको छ ।

देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले क्रियाशील सदस्यता विवादबारे ५ दिनभित्र निर्णय लिने जिम्मेवारी केन्द्रीय तहका नेताहरुलाई तोकेको हो ।

बैठकपछि जानकारी दिँदै नेता रमेश लेखकले केन्द्रीय तहका नेताहरुले क्रियाशील सदस्यता विवाद, अन्य पार्टीबाट आएका नेताहरुको व्यवस्थापन लगायतका विषयमा ५ दिनभित्र निर्णय दिने बैठकले निर्णय गरेको बताए ।

क्रियाशील सदस्यता विवाद समाधान कार्यदलले छानविन मापदण्डअनुरुप नै प्रतिवेदन बुझाइसकेको जानकारी दिए ।

केन्द्रीय महाधिवेसनको मिति प्रभावित नहुने गरी नै सदस्यताको विवाद टुंगो लगाउने नेता लेखकको भनाइ छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१