सरकारमा सहभागी नहुने माधव नेपाल पक्षको निष्कर्ष

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ श्रावण २०७८, शुक्रबार ०५:११

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सरकारमा नजाने निष्कर्षमा पुगेको छ । पार्टी एकता प्रक्रिया चलिरहेको र अर्को पार्टी नबनाएकाले नेपाल पक्ष सरकारमा सहभागी नहुने भएको हो ।

नेपाल निकट नेता बेदुराम भुसालले तत्काल सरकारमा सहभागी नहुने बताएका छन् । ‘सरकारमा सहभागी हुन शेरबहादुर देउवालाई विश्वासको मत दिएको होइन’, उनले भने ।

सत्तारुढ गठबन्धनले भने माधव नेपाल पक्षलाई सरकारमा सहभागी गराउनका लागि प्रयास गरिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता नेपालसँग लगातार संवाद गरिरहेका छन् ।

एकतावद्ध एमालेको पक्षमा रहेकाले सरकारमा सहभागी हुन नेता नेपालले सांसदहरुसँग भनेका थिए । सरकारमा सहभागी हुने च्याप्टर तत्काललाई बन्द भएको र आफुहरुले गठबन्धनका नेताहरुलाई पनि बताइसकेको नेता रघुजी पन्तको भनाई छ ।

नेता नेपालले बुधबार दिउँसो २२ सांसदसँग छलफल राखेका थिए । उक्त छलफलमा नेता नेपालले सरकारमा सहभागी हुन नसकिने जानकारी सांसदहरुलाई दिएको हो ।

नेपालले सांसदहरुसँग भनेका थिए, ‘सबैको कुरा सुन्नुपर्छ । अहिले हामी एकताबद्ध एमालेको पक्षमा रहेकाले सरकारमा सहभागी हुन सकिदैन ।’

छलफलका क्रममा अधिकांश सांसदले नेता नेपाललाई देउवा सरकारमा सहभागी हुन ठीक नहुने सुझाव दिएका थिए । देउवालाई माधव समूहका १४ र अध्यक्ष केपी शर्मा ओली समूहका आठ सांसदले विश्वासको मत दिएका थिए ।

प्रधानमन्त्री देउवा र सत्ता गठबन्धनका नेताहरु आजभोलि नै मन्त्रिपरिषद् विस्तारलाई पूर्णता दिने तयारीमा छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१