डिभीको आवेदन कहिलेदेखि कहिलेसम्म ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ आश्विन २०७१, आईतवार ०७:१३
edvकाठमाडौं,१२ असोज ।  सन् २०१६ का लागि अमेरिकी डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमका लागि यही बुधबारबाट आवेदन खुला हुने भएको छ । अमेरिकी दूतावासले शुक्रबार एक विज्ञप्ती जारी गर्दै बुधबारबाट आवेदन खुला गरिने जनाएको हो ।दूतावासका अनुसार इच्छुक नेपालीले डिभीका लागि असोज १५ गते बुधबार बिहान ९:४५ बाट आवेदन दिन सक्नेछन् ।
आवेदन कात्तिक १७ गते बिहान १०ः४५ बजेसम्म दिन सकिनेछ । दूतावासले चाडैं आवेदन दिन सबैमा आग्रह समेत गरेको छ । दूतावासले डिभीका लागि आवेदन दिन कुनै शुल्क नलाग्ने र भर्दा कुनै कन्सल्टेन्टको सहयोग नलिन समेत भनेको छ । ‘हामी चाडै डिभी भर्न र कसैको सहयोगविना निःशुल्क आवेदन दिन सबैमा अनुरोध गर्न चाहन्छौं’दूतावासद्वारा शुक्रबार जारी विज्ञप्तीमा भनिएको छ ।
आवेदकले डब्लुडब्लुडब्लु डट डिभीलोट्री डट स्टेट डट जिओभीमा गई आवेदन फारम भर्न सक्नेछन् । दूतावासले तोकिएको समयावधिभित्र विद्युत्तिय माध्यमबाट मात्र आवेदन पेस गर्न भनेको छ । यसैबीच,दूतावासले पति–पत्नीले आवेदन दिँदा २१ वर्ष नपुगेका आफ्ना सन्ततीका बारेमा अनिवार्य उल्लेख गर्न भनेको छ । उसले त्यसो नगरिएका आवेदन अमान्य हुने समेत प्रष्ट पारेको छ ।

प्रतिक्रिया