प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन सम्वाद, एमसीसी पासका लागि संकेत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ श्रावण २०७८, बुधबार ०५:३८

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा र अमिरकी विदेशमन्त्री एन्टोनी जे ब्लिंकेनबीच मंगलबार टेलिफोन वार्ता भएको छ ।

भारत भ्रमणमा रहनुभएका विदेशमन्त्री ब्लिंकने र प्रधानमन्त्री देउवाबीच भएको कुराकानीमा नेपाल र अमेरिकाबीचको द्विपक्षीय साझेदारीका विषयमा छलफल भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

त्यस्तै नेपाललाई अमेरिकाले दिएको १५ लाख डोज कोरोना भाइरसविरुद्धको खोप र अरु सहयोगका विषयमा पनि छलफल भएको थियो ।

उहाँहरुबीच जलवायु परिवर्तनविरुद्धको लडाइका विषयमा पनि कुराकानी भएको अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ ।

स्रोतका अनुसार विदेशमन्त्री एन्टोनीले देउवालाई सिँधै नभनेपनि अब नयाँ सरकार आएपनि एमसीसी पास सन्र्दभमा संकेत गर्नुभएको बुझिन्छ ।

सो अवसरमा विदेशमन्त्री ब्लिंकेन र प्रम देउवाले हालै अमेरिकाद्वारा नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको पन्ध्र लाख कोभीड–१९ भ्याक्सिन लगायत नेपाल–अमेरिका साझेदारीका विविध महत्वपूर्ण विषयहरूमा कुराकानी गर्नुभएको नेपालस्थिन अमेरिकी दूतावासले जनाएको छ ।

उहाँहरूबीच जलवायु परिवर्तन असरहरूको सामना गर्न दुई देशबीचको समन्वयबारे पनि छलफल भएको थियो दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१