काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठकले अर्का अध्यक्ष महन्थ ठाकुरदेखि जेलमा रहेका रेशम चौधरीसम्म १६ जनालाई हटाएको छ ।
निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता पाएको भोलिपल्ट बालकुमारीस्थित पार्टी कार्यालयमा अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको उक्त बैठकले उनीहरुलाई हटाएको हो ।
निर्वाचन आयोगमा ‘हेड काउण्ट’ मा आफ्नो पक्षमा नउभिएका सबैलाई बैठकले निस्काशन गरेको हो । कारबाहीमा परेकाहरु बाहेकका अन्य ३४ जना सदस्यहरु कार्यकारिणी समितिका रहने जसपाले बताएको छ ।
प्रतिक्रिया