काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको स्थायी कमिटी बैठक सकिएको छ ।
सोमबार बानेश्वस्थित क्वालिटी बैंक्वेटमा बसेको बैठकमा एकतालाई मजबुत बनाउने विषयमा अधिकांश नेताले धारणा राखेको भएपनि कुनै ठोस निष्कर्ष निस्किएको स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए ।
यसअघि आइतबार बसेको बैठकमा पनि नेताहरुले पार्टी एकतामा जोड दिएका थिए । एमालेका दुवै पक्षका सांसद्हरुले एकता कार्यदलस्तरमा भएको १० बुँदे सहमतिलाई कार्यान्वयन गरी आन्तरिक एकता कायम राख्न दवाव दिन सुरु गरेका छन् ।
आइतबार दुवै पक्षका गरी २७ सांसद्ले छलफल गरेका थिए ।
प्रतिक्रिया