यस्तो छ निर्वाचन आयोगको जसपा विवादसम्बन्धी २४ बुँदे फैसला (पूर्णपाठसहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ श्रावण २०७८, मंगलवार ०५:२३

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारितासम्बन्धी विवादको फैसला उपेन्द्र यादवको पक्षमा सुनाएको छ ।

निर्वाचन आयोगमा जसपाको उपेन्द्र यादव र महन्थ ठाकुर पक्षमा सशरीर उपस्थित भएर हस्ताक्षर सनाखत गराउँदा उपेन्द्र यादवको पक्षमा बहुमत देखिएसँगै यादव पक्षलाई नै आधिकारिता दिएको हो ।

आयोगले यादवलाई आधिकारिता दिइएको बारे २२ बुँदे फैसला सुनाउँदै महन्थ ठाकुरलाई नयाँ नामसहित आयोगमा पार्टी दर्ताका लागि आउन समेत भनिएको छ ।

५१ सदस्यीय समितिमध्ये रेशम चौधरी तटस्थ बसेका थिए । पक्ष विपक्षमा भएका ५० जनामध्ये यादवको पक्षमा ३४ जना र ठाकुरको पक्षमा १६ जना कार्यकारिणी सदस्यले हस्ताक्षर गरेका थिए । जसपाको आधिकारिकता बारे निर्वाचन आयोगले सोमबार दुवै पक्षलाई बोलाएको थियो ।

पूर्णपाठ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१