प्रधानमन्त्रीकाे कुर्सी छोडेर गठबन्धनका नेताबीच देउबा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० श्रावण २०७८, आईतवार ०५:१४

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउबाको सरकारी निवास बालुवाटारमा पाँच दलीय गठबन्धनको शनिवार साँझको बैठकमा एउटा उदाहरण पेश गरेका छन् । सबै दलहरुका शीर्ष नेताहरु बराबरको हैसियत देखाउँदै उनले आफ्नो प्रधानमन्त्रीको कुर्सीमा नबसी सबैसँग सँगै बसेको देखिएको छ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको शासनमा उनी अरुभन्दा फरक देखिन आफ्नो भन्दा अरुको कुर्सी भिन्न राख्ने गरेका थिए ।

प्रम देउवाले ओलीको जस्तो शैली त्याग्दै प्रधानमन्त्री बस्ने कुर्सी छोडेर देउवा चार नेता सरह सोफामा बसेको देखिन्छ । आजको बैठकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल, उपेन्द्र यादव र चित्रबहादुर केसीसँगको भेटमा प्रधानमन्त्री देउवा समान हैसियतमा बसेको देखियो ।

तात्कालिन नेकपामा ओलीले कुर्सीको व्यवस्थापनका आधारमा आफ्ना पार्टीका अर्का अध्यक्षसहितका नेताहरुप्रति फरक व्यवहार गर्ने गरेको आरोप लाग्दै आएको थियो । प्रम देउबाको यो शैलीले उनको गठबन्धनका नेताहरु प्रतिको व्यवहार झल्किएको छ । गठबन्धनले प्रधानमन्त्री बनेका देउबालाई यो सहकार्य दिगो र मजबुत बनाउन यसप्रकारका कार्यशैली सहायक सिद्ध हुने देखिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१