जापानले चाँडै नेपाललाई १६ लाख डोज खोप उपलब्ध गराउने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ श्रावण २०७८, शुक्रबार ०५:१९

काठमाडौँ। जापानले कोरोनाविरुद्धको १६ लाख डोज अस्ट्राजेनेका खोप चाँडै नेपाललाई उपलब्ध गराउने भएको छ ।

नेपालस्थित जापानी राजदूत किकुता युताकाले प्रधानमन्त्री शेरबहादुर देउवासँग विहीबार भेटवार्ता गर्दै केही दिनमै उक्त खोप उपलब्ध गराउने जानकारी दिएका हुन् ।

भेटमा राजदूत युताकाले यसअघि नै जापानले दिने भनेको १६ लाख डोज अस्ट्राजेनेका खोप छिट्टै आइपुग्ने बताएको प्रधानमन्त्री देउवाले समाजिक सञ्‍जाल ट्वीटरमार्फत जानकारी दिएका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१