जसपा विवाद टुंग्याउन निर्वाचन आयोगले कार्यकारिणी समिति सदस्यलाई सनाखतका लागि बोलायो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ श्रावण २०७८, शुक्रबार ०५:१५

काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवाद सुल्झ्याउन कार्यकारिणी समिति सदस्यलाई सनाखतका लागि बोलाएको छ ।

जसपाको आधिकारिकता विवाद समाधानका लागि बसेको निर्वाचन आयोगको इजलासले ५१ कार्यकारिणी समिति सदस्यलाई साउन ११ गते बोलाएको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको इजलासले ५१ जना कार्यकारिणी सदस्यलाई सक्कल नागरिकतासहित बोलाएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

दल एकता हुँदा बुझाइएको कार्यकारिणी सदस्यहरुलाई परिचय खुल्ने कागजातसहित आयोगमा इजलासबाट आदेश भएको उनले बताए ।

जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३–४४ अनुसार पार्टीको आधिरकारिकता दाबी गरेपछि विवाद निरूपणका लागि इजलास प्रक्रियामा गएको हो ।

उपेन्द्र पक्षले आफ्नो पक्षमा बहुमत रहेको दाबी गरिरहेको छ । जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवपक्षबीच विवद बढ्दै गएपछि यादवले पार्टीको आधिकारिकता दावी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए । त्यसपछि आयोगले दुई पक्षको छलफलबाट विवाद समाधानको प्रयास गरे पनि जसपाको दुवै पक्षले त्यसलाई अस्वीकार गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१