बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ श्रावण २०७८, बुधबार ०५:२०

काठमाडौं । बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपलिका-९ पुरानो बानेश्वर ठेगाना भएकी ४४ वर्षीया पवित्रा श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७७ चैत १ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३ दिन कैद र १४ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं पेप्सीकोलाबाट पक्राउ गरेको हो ।

उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी नबिल बैंकको चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी अदालतबाट उक्त फैसला भएको थियो ।उनलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१