एमाले बैठक सकियो, माधव समूहलाई कारवाही गर्नेबारे निर्णय भएन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ श्रावण २०७८, बुधबार ०५:१२

काठमाडौं । नेकपा एमालेको केन्द्रिय कमिटीको दोस्रो दिनको बैठक सकिएको छ । १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै एकताका निम्ति निरन्तर प्रयास गर्ने आजको बैठकले निर्णय गरेको छ ।

हिजोको बैठकले शेरबहादुर देउवाको पक्षमा भोट हाल्ने २२ जना सांसदलाई स्पष्टीकरण सोधेको थियो । उनीहरुले स्पष्टीकरणको जवाफ नदिए पनि कारवाही गर्ने विषयमा कुनै निर्णय नगरेको नेता पप्रवक्ता प्रदिप ज्ञवालीले बताए ।

आजको बैठकमा विभिन्न प्रदेशको प्रतिनिधित्व गर्ने नेताहरुले पार्टीको दिशा र भविष्यका विषयमा रिपोर्ट पेश गरेका थिए ।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुले पार्टीले सोधेको स्पष्टीकरणको पत्र नै नपाएको बताइरहँदा प्रवक्ता ज्ञवालीले सांसदहरुले पत्र हात पारेपछि मात्र २४ घण्टाको अल्टिमेटम सुरु हुने बताए । आजको बैठक सातैवटा प्रदेशका पार्टी अध्यक्षहरुले ब्रिफिङ गरेको पनि प्रवक्ता ज्ञवालीले बताए ।

प्रतिक्रिया