देउवालाई मत दिने नेपालसहित २२ सांसद्लाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ श्रावण २०७८, मंगलवार ०५:२२

काठमाडौं । नेकपा (एमाले)ले पार्टीको निर्णयविपरीत प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिने सांसद्हरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा जारी पार्टीको १०औँ केन्द्रीय कमिटी बैठकले देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधव कुमार नेपालसहित २२ सांसद्लाई २४ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार बैठकमा अध्ययक्ष ओलीले पार्टी निर्णय नमान्ने २२ जनालाई स्पष्टीकरण सोध्ने प्रस्ताव राखेका थिए ।

विश्वासको मत दिने ओली पक्षका ८ जना सांसदमध्ये कृष्णकुमार श्रेष्ठ (किसन), प्रेमबहादुर आले, बिना बुढाथोकी, हिराचन्द्र केसी, पार्वती विसुंखे, कलिला खातुन, धनबहादुर बुढा र समिमा हुसेन छन् ।

माधव कुमार नेपालसहित विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, गोपाल बम, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कृष्णलाल महर्जन छन् ।

प्रतिक्रिया