वाइसिएलको टीम फर्किए, प्रचण्डको सुरक्षामा प्रहरी थपिए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ श्रावण २०७८, मंगलवार ०५:१८

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा नेपाल प्रहरीको संख्या थपिएका छन् ।

गत फागुन पहिलो साता प्रचण्डको सुरक्षामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीको संख्या कटौती गरेपछि वाइसिएलको टीमले अगुवा सुरक्षा जिम्मेवारी लिएको थियो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार आएपछि प्रचण्डको सुरक्षामा विशेष ध्यान दिँदै डिएसपीको कमाण्डमा खटाइएका छन् । पहिला फिर्ता गरिएकाहरु सबै फर्किएको स्रोतको भनाइ छ ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त कुँवरले सुरक्षा थ्रेट मूल्यांकन गरेर गृहबाट सुरक्षाकर्मी थपघट गर्न सक्ने भएकाले थपिएको पनि हुनसक्ने बताए ।

केपी ओली नेतृत्वको सरकारले आन्दोलनका बेला ‘डोमिनेट गर्न’ सुरक्षाकर्मी फिर्ता गराएका थिए । देउवा नेतृत्वको सरकार आएसँगै दुई दिनदेखि पहिले जस्तै गरी डीएसपीको कमाण्डमा अगुवा सुरक्षाकर्मी खटिएका छन् ।

ओली सरकारले अगुवा गाडीसहित सुरक्षाकर्मी हटाएपछि फागुनको पहिलो साता प्रकाशचन्द्र पाण्डेको नेतृत्वमा ललित श्रेष्ठ, राजकुमार श्रेष्ठ, धन कुमार मैनाली, प्रदीप बोहरा, सन्तोष डल्लाकोटी र विष्णु मनी खतिवडाको टोली खटिएका थिए ।

त्यसअघि नेपाल प्रहरीका डीएसपीको कमाण्डमा २६ र सशस्त्रका इन्स्पेक्टरसहित ४७ जनाको टीम प्रचण्डको सुरक्षामा खटिएका थिए ।

सरकारले पूर्व तथा बहालवाला पदाधिकारीको सुरक्षासम्वन्धी कार्यविधि २०७७ अनुसार पूर्वप्रधानमन्त्रीको सुरक्षाका लागि सशस्त्रका १६ र नेपाल प्रहरीका २ जना मात्रै खटाउने व्यवस्था गरेपछि प्रचण्डका अगुवा एस्कर्टिङ गाडीसहित दुवै सुरक्षा निकायका ५३ जना फिर्ता भएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१