ओली सरकारले गरेका राजदूत नियुक्ति खारेज

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ श्रावण २०७८, मंगलवार ०५:१६

काठमाडौं । सरकारले विभिन्न देशका राजदूत नियक्ति सम्बन्धी अघिल्लो सरकारको निर्णय खारेज गरेको छ । सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्को आज बसेको बैठकले संसदीय सुनुवाईबिनै राजदूत नियुक्त गर्ने अघिल्लो सरकारको निर्णय खारेज गरेको जानकारी दए ।

केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले गत जेठ १ गते विभिन्न ११ देशमा राजदूत नियक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले अष्ट्रेलिया, श्रीलंका, दक्षिण कोरिया, इजिप्ट, डेनमार्क, बहराइन, म्यानबार लगायत देशका लागि गरिएको राजदूत नियक्तिको सिफारिस रद्द भएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक २३, २०८१