भारतीय प्रधानमन्त्री मोदीले दिए देउवालाई बधाई

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ श्रावण २०७८, सोमबार ०५:१३

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत प्राप्त गरे लगत्तै बधाई दिएका छन् ।

गत मंगलबार प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री देउवालाई भारतीय प्रधानमन्त्री मोदीले विश्वासको मत पाएपछि मात्रै बधाई दिएका हुन् ।

यसअघि नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्राले भने देउवाको निजी निवासमै पुगेर बधाई तथा शुभकामना दिएका थिए ।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्रीको देउवाको सफल कार्यकालको कामना गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१