गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण, ३५ प्रतिशत काम सम्पन्न, ५२ करोड खर्च, १४ करोड ऋण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ श्रावण २०७८, सोमबार ०५:०६

चितवन । निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको ३५ प्रतिशत काम सम्पन्न भएको छ । निर्माण सुरु भएको एक वर्षको अवधिमा ३५ प्रतिशत काम सकिंदा ५२ करोड रुपैयाँ खर्च भएको छ भने १४ करोड रुपैयाँ ऋण रहेको धुर्मुस सुन्तली फाउन्डेसनले जानकारी दिएको छ ।

चितवनको भरतपुर नगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम सुरु भएको शुक्रबार १ वर्ष पूरा भएको छ । गत वर्ष साउन १ गतेदेखि जग हाल्न सुरु गर्दै कंक्रिट ढलानको काम सुरु गरिएको थियो ।

रंगशालाको दुई स्ट्यान्ड जगको ढलानमा ६० प्रतिशत काम सम्पन्न भएको छ । त्यसैगरी टाइबिमको काम पनि २० प्रतिशत सकिएको छ । मैदानमा दुबो रोप्ने काम सकिएसँगै मैदानको ९५ प्रतिशत काम सकिएको धुर्मुस सुन्तली फाउन्डेसनका परियोजना व्यवस्थापक जनार्दन शर्मा देवकोटाले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१