गाडी व्यवसायी उप्रेती १९ करोडको स्रोत नखुलेको चेकसहित पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ श्रावण २०७८, आईतवार ०५:०३

काठमाडौं । गाडी तथा मोटरसाइकलको रिकण्डिसन व्यापारी गणेश उप्रेती १९ करोडभन्दा बढी ठगी गरेको अभियोगमा पक्राउ परेका छन् ।

विभिन्न व्यक्तिले उनको नाममा काटेको चेकसहित उनी पक्राउ परेका हुन् । विभिन्न व्यक्तिबाट रकम असुल्नका लागि लिइएको चेकसहित उनी पक्राउ परेको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) उच्च स्रोतले बताएको छ ।

पक्राउपछि सीआइबीले अनुसन्धान गरिरहेको स्रोतले बताएको छ ।

आइतबार अनुसन्धानका लागि म्याद थप गर्ने तयारीमा सीआइबी छ । सीआइबी उच्च स्रोतका अनुसार, उनले विभिन्न व्यक्तिबाट आकर्षक व्याज दिने प्रलोभनमा रकम लिने गरेको र नतिरेर ठगी गरेको पाइएपछि उनको खोजी भइरहेको थियो ।

उनीविरुद्ध उजुरी प्राप्त भएपछि उनलाई तत्काल पक्रन र अनुसन्धान बढाउन सिआइबीमा केही दिनअघि कमाण्ड सम्हालेका डीआइजी धिरज प्रताप सिंहले निर्देशन दिएका थिए ।

प्रहरीले उनलाई काठमाडौंको चावहिलस्थित पशुपति कलेज नजिकै रहेको गाडीको रिकण्डिसन शोरुमबाट शुक्रबार राति १० बजे पक्राउ गरेको हो ।

कुनै पनि स्रोत नखुलेको विभिन्न व्यक्तिको नामबाट काटिएको १९ करोड रुपैयाँभन्दा बढीको चेक समेत बरामद भएको प्रहरी स्रोत बताउँछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१