एमालेले अदालतको फैसलाविरुद्ध देशैभर भण्डाफोर अभियान चलाउने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ श्रावण २०७८, शनिबार ०५:३१

काठमाडौं । नेकपा एमालेले सर्वोच्च अदालतको फैसलाविरुद्ध देशैभर भण्डाफोर अभियान चलाउने भएको छ । बानेश्वरमा बसेको संसदीय दलको बैठकले सर्वोच्च अदालतको फैसलाले निर्दलीयता लाद्न खोजेको भन्दै देशैभर भण्डाफोर अभियान संचालन गर्ने निर्णय गरेको हो ।

प्रमुख सचेतक विशाल भट्टराईले जनादेशलाई पूर्ण इन्कार गरेर अदालतले गरेको निर्णयविरुद्ध जनातामा अभियानका साथ जाने निर्णय गरेको जानकारी दिए ।

‘आजसम्म दुनियाँमा अदालतले प्रधानमन्त्री तोक्ने कुरा कहीँ पनि गरेको छैन । संसद विघटन बेठिक हो भनेर पुनस्स्थापना गरेको भए त्यो मान्न सकिन्थ्यो, भट्टराईले भने, ‘ एउटा दलबाट निर्वाचित भएर अर्को दलमा हस्ताक्षर गर्ने अर्को दलको नेतालाई समर्थनमा जानुलाई नैतिकता ठहराउने काम संसदीय व्यवस्थाको विरोधमा छ । संविधान, लोकतन्त्र र दलीय व्यवस्थाको रक्षार्थ अभियान चलाउनुपर्छ भन्ने पार्टीको निष्कर्ष छ ।’

संसदीय दलको बैठकले बाढीपहिरोबाट भएको जनधनको क्षति मृत्यु दुःख व्यक्त गर्दै घाइतेको निःशुल्क उपचार र उद्धार तथा राहतको लागि यथोचित व्यवस्था गर्न सरकारसँग अनुरोध गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१