संसदीय दलको बैठकमा ओलीले भने : अध्यादेश ल्याएर हाम्रो पार्टी फोड्न सक्छन्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ श्रावण २०७८, शनिबार ०५:२१

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले एमाले विभाजन गर्ने षडयन्त्र भइरहेको बताएका छन् ।

संसदीय दलको बैठकमा पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्दै अध्यक्ष ओलीले संसद अधिवेशन चाँडै अन्त्य गरेर अध्यादेशमार्फत एमाले विभाजन गर्ने षड्यन्त्र भइरहेको बताएका हुन् ।

यस्तै उनले एमालेविरुद्ध अझ धेरै षडयन्त्र हुनसक्ने भएकाले सचेत हुनुपर्ने समेत बताए । सर्वोच्च अदालतको संवैधानिक इजलास गठनकै बेलादेखि फैसलाको पूर्वाभ्यास भइसकेको समेत ओलीको भनाई छ ।

रिट निवेदक देउवा पक्ष र नेपाल बार एशोसियनको दबाबमा संवैधानिक इजलास हेरफेर र गठन भएदेखिनै षडयन्त्रको आभास आफूले पाएको उनको भनाई छ ।

ओलीले संविधान र लोकतन्त्रलाई उपहास गरेर अदालतले निर्णय गरेको बताएका छन् । संसद भवन नया बानेश्वरमा शुक्रबार बसेको एमाले संसदीय दलको बैठकमा ओलीले संविधानको मूल्य र मान्यता विपरित जनताको जनादेशलाई उपहास गरेर अदालतको आदेश भएको बताएका हुन् । उनले मुलुकलाई निर्दलियतातर्फ लैजाने षडयण्न्त्र भइरहेको जिकिर गरे ।

त्यस्तै उनले नेपालको सरकार परिवर्तनमा विदेशी हस्तक्षेप भएको आरोप पनि लगाए । आफु नेतृत्वको सरकारले जनता र देशका लागि निकै काम गरेको र अवको सरकारले त्यसकाले जस लिने तर्क गरे ।

बैठकले जनादेशलाई पूर्ण इन्कार गरेर अदालतले गरेको निर्णयविरुद्ध जनतामा अभियानका साथ जाने निर्णय गरेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । संविधान, लोकतन्त्र र दलीय व्यवस्थाको रक्षार्थ अभियान चलाउनुपर्छ भन्ने पार्टीको निष्कर्ष रहेको उनकोे भनाई छ । बाढि र पहिरोका कारण मृत्यु हुनेलाई श्रद्धान्जली दिदै घाइतेको निशुल्क उपचारको माग गरिएको भट्टराईले बताए ।

उनले खोपको प्रवन्ध भइसकेको अवस्थामा सवै नागरिकमा खोपको पहुँच पुराउन पनि बैठकले सरकारको ध्यानाकर्षण गराएको बताए । उनले अर्को बैठकमा अन्तुष्ट नेताहरुलाई सहभागी गराउन प्रयत्न गर्ने निर्णय गरेको जानकारी दिए । बैठकमा माधव नेपाल पक्षका सांसदहरुको भने सहभागीता रहेको थिएन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१