बागमती गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ श्रावण २०७८, शुक्रबार ०५:३०

ललितपुर। बागमती प्रदेश- बागमती गाउँपालिकाले आर्थिक बर्ष ०७७/०७८ मा सम्पन्न गरेको कामको प्रभावकारीता तथा नागरिकहरुको चासो,गुनासो र प्रश्न सहितको सहभागिता,पारदर्शिता र जवाफदेहिताका लागि सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ।
बागमती गाउँपालिकाले गरेका बिकास निमार्णका कामहरुलाई पारदर्सि बनाउने उदेश्यले असार ३० गते सार्वजनिक सुनुवाई’ कार्यक्रम समापन गरेको हो।
ललितपुर जिल्ला स्थित बागमती गाउँपालिका स्थापना भए सगै “कृषि पर्यटन र पूर्वाधार : समृद्ध र सुखी बागमती गाउ“पालिकाको मूल आधार ”भन्ने नाराका साथ बागमती गाउँपालिका सदैव जनताकै सेवाका लागि हरेक क्षेत्रमा समर्पित हुँदै आएको छ।

 

कार्यक्रममा बिशेष गरि कोभिड १९ लाई मध्येनजर गर्दै कार्यक्रमको अध्यक्षता बागमती गाउँपालिका ललितपुरका अध्यक्ष बिर बहादुर लोप्चन,गाउँपालिका उपाध्यक्ष रन्जना तिमल्सिना घिमिरे प्रमुख प्रशासकीय अधिकृत खम्बराज राई , गाउँपालिका अन्तर्गत वडाका वडा अध्यक्षहरु, लेखापाल,योजना शाखा प्रमुख,सूचना तथा संचार प्रविधि अधिकृत वडा सदस्य ज्युहरु बागमती गाउँपालिकाका बरिष्ठ व्यक्तिहरु,सन्ध्या फिल्म्स एन्ड मिडिया प्रालीका अध्यक्ष दिलमाया तामाङ, राजनितिज्ञ, शिक्षाविदहरु , बुद्धिजिबि,व्यवसायी,कलाकार पत्रकार र सम्पुर्ण गाउँपालिकाबासी आमा बुबा दाजुभाई दिदिबहीनिहरुको उपस्थितिमा सार्वजानीक सुनुवाई कार्यक्रम भएको हो।

बागमती गाउँपालिकाद्वारा विभिन्न क्षेत्रका बिकास निमार्णका कामहरुलाई पारदर्सि बनाउने उदेश्यले र के कति काम र कस्ता कस्ता काम भए भन्ने बिषयलाई राख्दै सम्पुर्ण स्थानियवासीहरुका माझ कोभिड १९ लाई मध्यनगर गरि सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो।

बागमती गाउँपालिकाको आयोजना तथा सन्ध्या फिल्म्स एन्ड मिडिया प्रालीको संयोजकत्वमा बागमती गाउँपालिका भट्टेडाडा ललितपुर स्थानमा सार्बजनिक सुनुवाई कार्यक्रम भएको थियो ।कार्यक्रम संयोजक तथा सन्ध्या फिल्म्स एन्ड मिडिया प्रालीका अध्यक्ष दिलमाया तामाङले बोल्दै सार्बजनिक सुनुवाई कार्यक्रमलाई सफल बनाउन साथ सहयोग पुर्याउनुहुने आयोजक बागमती गाउँपालिका लगाएत ब्यस्त समयका बाबजुद पनि कार्यक्रममा उपस्थित हुनुभएका सम्पुर्णमा धन्यबाद ब्यक्त गर्दै यहाँहरुको निरन्तर साथ सहयोगको अपेक्षा रहेको बताएकी थिइन।

बागमती गाउँपालिका ललितपुरका अध्यक्ष बिर बहादुर लोप्चनले गाउँपालिकाका विभिन्न गतिविधिहरु,पालिकाका प्रगति,मुख्य कामहरु,भावी योजनाहरु बारे प्रस्ट पारेका थिए भने गाउँपालिकाका उपाध्यक्ष रन्जना तिमल्सिना घिमिरे कार्यालयले प्रदान गर्नेे सेवालाई प्रभावकारी बनाउन,सेवा र कर्मचारीहरुको व्यवहार सम्वन्धमा आवश्यक पर्ने सोध पुछ कक्ष, अपाङ्ग मैत्री मार्ग वा सहयोग कक्षको व्यवस्था ,पालिकाका प्रगति र अनुगमन बारे प्रस्ट पारेकी थिइन।
गाउँपालिकाले वर्षभरी गरिएका योजना तथा प्रदान गरिएका सेवाको पादर्शीता सुनिश्चीत गर्नका लागी गाउँपालिकाले प्रत्येक वर्ष सार्वजनिक सुनुवाई गर्ने गरेको बागमती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खम्बराज राईले बताएका छन् ।
गाउँपालिकाको उक्त सार्बजनिक सुनुवाई कार्यक्रमको अन्तमा उपस्थित सम्पुर्णलाई कार्यक्रम संयोजक तथा सन्ध्या फिल्म्स एन्ड मिडिया प्रालीको अध्यक्ष दिलमाया तामाङद्वारा मायाको चिनो समेत प्रदान गरिएको थियो भने सार्वजानीक सुनुवाई कार्यक्रम संचालन  राष्ट्रिय खबर डटकमका अध्यक्ष तथा प्रधान-सम्पादक मुकुन्द ढुंगानाले गरेका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१