एमाले स्थायी कमिटी बैठक शुक्रबार, माधव पक्षलाई पनि बोलाइयो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ श्रावण २०७८, शुक्रबार ०४:५७

काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक साउन १ गते बस्ने भएको छ । महासचिव ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीसँगको परामर्शपछि बैठक तय गरेका हुन् ।

पार्टीका केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङका अनुसार सरकारबाट बाहिरिएपछि पहिलो पटक बस्न लागेको बैठक तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा हुनेछ । यसअघि बालुवाटारमा एमाले बैठक बस्ने गरेको थियो ।

केन्द्रीय कार्यालयमा ठाउँ साँघुरो भएर बैठक च्यासलमा बैठक आयोजना गर्न लागिएको उनको भनाई छ । बैठकमा उपस्थित हुन माधव नेपालसहितका सबै नेताहरुलाई खबर गरिएको तामाङले बताए ।

यसअघि दश बुँदे सम्झौता अनुमोदन गर्न असार २८ गते बोलाइएको बैठक नेताहरुको सल्लाहमा स्थगित भएको थियो । अध्यक्ष ओलीले शुक्रबार संसदीय दलको बैठक बोलाएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक २३, २०८१