पेट्रोलिम पदार्थको मूल्य घट्याे, कुनकाे मूल्य कति ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ असार २०७८, बिहीबार ०५:२१

काठमाडाैं । नेपाल आयल निगमले बुधबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलिम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल र डिजेल/मट्टितेलमा प्रतिलिटर एक/एक रुपैयाँ घटाएको हो ।

मूल्य घटेसँगै काठमाडौं उपत्यकामा पेट्रोलको खुद्रा बिक्री मूल्य १२८ रुपैयाँ र डिजेल मट्टितेलको खुद्रा बिक्री मूल्य १११ रुपैयाँ कायम भएको छ ।

मूल्यवृद्धिको विरोधमा नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनयिन र अखिल (छैठौं) ले आन्दोलन गरेका थिए । निगमले आन्दोलनरत पाँच विद्यार्थी संगठनको वार्तापछि पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमद्वारा जारी विज्ञप्तिमा आन्दोलनरत ५ विद्यार्थी संगठनले निगमकाे याे निर्णय पश्चात सम्पूर्ण विराेधका कार्यक्रम फिर्ता लिने विश्वास पनि लिएकाे जनाएकाे छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१