ललिता निवास प्रकरण : विजय गच्छदार १० लाख धरौटीमा रिहा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ असार २०७८, बिहीबार ०५:१८

काठमाडौं । ललिता निवास प्रकरणमा भ्रष्टाचार मुद्दा लागेका नेपाली कांग्रेसका उपसभापति विजय कुमार गच्छदार १० लाख रुपैयाँ धरौटी रिहा भएका छन् ।

विशेष अदालतमा बुधबार भएको थुनछेक बहसपछि गच्छदारलाई १० लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश भएको गच्छदारका तर्फबाट बहस गरेका अधिवक्ता ललित बस्नेतले जानकारी दिए ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की तथा सदस्य न्यायाधीश अब्दुल मुसलमान र नित्यनन्द पाण्डेयको इजलासमा बुधबार भएको थुनछेक बहसमा वकिलहरुले गच्छदारलाई साधारण तारेखमा छाड्नुपर्ने जिकिर गरेका हुन् ।

बहसअघि गच्छदारसँग अदालतमा ११ बजेदेखि २ बजेसम्म ३ घन्टा बयान लिइएको थियो ।

यसअघि फरार रहेका उनी बुधबार अदालतमा हाजिर भएका थिए । अदालतमा भएको उनको बयान र थुनछेक बहसपछि धरौटी माग्ने निर्णय भएको हो ।

बालुवाटारको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाइ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो । गच्छदारले सरकारी जग्गा व्यक्तिको बनाउन मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने विभागीय मन्त्रीको रुपमा गैरकानुनी कार्य गरेको अभियोगपत्रमा उल्लेख छ ।

ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाइ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदारसहित १ सय ७५ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१