देउवा मन्त्रिपरिषदको पहिलो निर्णय : चैत्र मसान्तभित्र सबै नागरिकलाई खोप

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० असार २०७८, बुधबार ०४:५६

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सबै नागरिकलाई कोरोना विरुद्धको खोप सुनिश्चित गर्ने निर्णय गरेको छ ।

देउवा सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले आगामी चैत मसान्तसम्म सबै नागरिकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले असोज मसान्तभित्र एक तिहाई र चैत्र मसान्तभित्र सवै नागरिकलाई खोप उपलव्ध गराउने निर्णय भएको हो ।

बैठकले संसदीय मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई प्रवक्ता समेत तोक्ने निर्णय गरेको छ ।

बैठकले कोरोना लगायत बिभिन्न प्राकृतिक प्रकोपमा ज्यान गुमाएकाहरुप्रति श्रद्धान्जली दिएको मन्त्री कार्कीले बताए ।

उनले कोरोना फ्रन्टलाइनमा खटिएकाहरुलाई जोखिम भक्ता एक हप्ताभित्र उपलव्ध गराउने निर्णय भएको जानकारी दिए । यसअघि मंगलबार साँझ नै प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गरेका थिए ।

शितल निवासमा राष्ट्रपति विद्यादेवि भण्डारीसँग पद तथा गोपनीताको शपथ लिएपछि देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार पुगेर पदभार ग्रहण गरेका थिए । देउवालाई मुख्यसचिव शंकरदास वैरागी एर्व सचिवहरुले सिंहदरबारमा स्वागत गरेका थिए ।

 

प्रतिक्रिया