काठमाडौं । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच १० बुँदे सहमति भएको छ ।
कार्यदलका सदस्य प्रदीप ज्ञवालीका अनुसार, पार्टीको विवाद पार्टीभित्रैबाट हल गरिने सहमति भएको छ ।
उनका अनुसार, पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा पुर्याउने, २०७७ फाल्गुन २३ गते एमाले पुनर्जिवित भएपछि एकतासंग मेल नखाने सवै काम बदर गर्ने र सर्वोच्चको फैसलापछि यसअघिकै कार्यबिभाजन बिधान संशोधन महाविधशेन आयोजना गरिने गरिने लगायतका सहमति भएका छन् ।
प्रतिक्रिया