तेस्रो वेभको कोभिड महामारीलाई ध्यानमा राख्दै गम्भीरतापूर्वक पूर्व तयारीमा रहन स्वास्थ्यमन्त्रीको निर्देशन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ असार २०७८, शनिबार २२:३३

स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठले अब आउन सक्ने तेस्रो वेभको कोभिड महामारीलाई ध्यानमा राख्दै गम्भीरतापूर्वक पूर्व तयारीमा रहन निर्देशन दिएका छन् ।उनले भने– ‘अब आउने सक्ने संक्रमणलाई मध्यनजर गरी सबै तयारी पुरा गर्नुस् । कोभिड अस्पतालको रुपमा रहेको यो अस्पताललाई पूर्ण रुपमा सञ्चालन गर्नुस् । सरकारले देखिनेगरी सबै पूर्वाधार तयारी गरिसकेको छ ।’

त्यस्तै स्वास्थ्यसचिव अर्यालले मन्त्रालयले युनिफाइड अस्पताललाई सबै सहयोग गर्ने जानकारी गराए । उनले तेस्रो वेभलाई मध्यनजर गरी सबै तयारी थालिएको समेत बताए । कार्यकारी निर्देशक डा.गौतमले सरकारले हालै कर्मचारीको दरबन्दी स्वीकृत गरिसकेको अवस्थामा काम गर्न सजिलो हुने बताए ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१