थप २१६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ असार २०७८, शनिबार २२:१८

काठमाडौं । शनिबार  २१६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६५३० पीसीआर परीक्षणमा १३५३ र ३८८७ एन्टिजेन परीक्षणमा ८१६ जना गरी २१६९ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएको छ । शनिबारसम्म मृतक संख्या ९ हजार ३६२ पुगेको छ । पछिल्लो २४ घण्टामा १४३२ जना संक्रमणमुक्त भएका छन् ।

कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २६ हजार ४८९ रहेको छ जसमध्ये २३ हजार ५३९ जना होम आइसोलेसनमा र २ हजार ९५० जना संस्थागत आइसोलेसनमा छन् ।योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ५४ हजार २१२ पुगेको छ ।हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख १८ हजार ३६१ जना पुगेको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४०४ जना संक्रमित भेटिएका छन् । जसमा काठमाडौंमा ३०३, ललितपुरमा ६० र भक्तपुरमा ४१ जना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१