एमाले कार्यदलकाे बैठक छलफल नै नगरी सकियाे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ असार २०७८, शुक्रबार ०४:५१

काठमाडौं । नेकपा एमालेको पार्टीभित्र देखिएको विवाद समाधानका लागि कार्यदलको बैठक कुनै छलफल बिनै सकिएकाे छ । सिंहदरबारस्थित अर्थमन्त्रीको कार्यकक्षमा बसेकाे बैठकमा एजेन्डामा प्रवेश नै नगरी सकिएको हाे । बैठक कक्षबाट बाहिरिँदै माधव पक्षका नेता घनश्याम भुषालले १० दिनदेखि केही पनि प्रगति नभएको बताए । उनका अनुसार बैठक भाेलि बिहान बस्ने र साेही बैठकबाट विवाद समाधानकाे प्रयास हुने बताए ।

यसअघि बिहान बसेको कार्यदल बैठक आन्तरिक तयारी गर्नुपर्ने भन्दै साँझ पुनः बस्नेगरी स्थगित भएको थियो। कार्यदलमा सम्लग्न दुबै (ओली–माधव) समूहका नेताहरु कार्यदलमा भइरहेको छलफल सहमति उन्मुख भएको बताउँदै आएका छन् । एमाले नेता सुवास नेम्वाङका अनुसार कार्यदल आजै निष्कर्षमा पुग्नेगरी तयारीमा रहेको छ।

बुधबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भए पनि कुनै निष्कर्ष निस्किएको थिएन। एमालेमा प्रधानमन्त्री ओलीको सरकार र पार्टी सञ्चालनलाई लिएर वरिष्ठ नेता नेपाल पक्षले विरोध गर्दै आएको छ । बुधवारको तारे होटलमा भएको बैठकमा दुबै पक्ष आ–आफ्नै अडानमा अडिग रहेका थिए ।

बैठकमा नेपाल पक्षबाट उपाध्यक्ष भीम रावलको नेतृत्वमा उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण बिष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे, रघुजी पन्त र भिम आचार्य लगायत ६ जना र ओली पक्षबाट सुवासचन्द्र नेम्वाङ , प्रदिप ज्ञवाली, शंकर पोखरेल, बिष्णु रिमाल सहभागी रहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१