कलेजकी प्रोफेसरसँग विद्यार्थी एकतर्फी मायामा डुब्दा जे भयो !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ असार २०७८, बिहीबार ०५:२०

काठमाडौं । एकतर्फी प्रेममा परेका एक व्यक्तिले जेलको चिसो हावा पनि खानु परेको छ ।

भारत, मध्य प्रदेशको भोपालमा एक युवक एकतर्फी प्रेम गरेका कारण जेल गएका हुन् । एक २२ वर्षीय युवकले एक निजी कलेजकी ३६ वर्षीया प्रोफेसरलाई एकतर्फी प्रेम गरेर सताइरहेका थिए ।

जानकारी अनुसार ति युवक त्यहाँको कलेजमा पिउनका रुपमा काम गर्दै आएका थिए ।

प्रोफेसरले पनि उसलाई सम्झाउन धेरै कोशिस नगरेकी होईनन् । गलत्त व्यवहारका कारण कलेजले उनलाई पिउनको जागिरबाट निकालेको थियो ।

यति भैसक्दा पनि उनले म्यामलाई प्रेम गर्न छोडेनन् । कहिले उनले महिलाको कारमा फूल राख्थे तब कहिले चकलेट राख्ने गर्दै आएका थिए । दुई वर्षदेखि निरन्तर पछ्याउदै दुःख दिन थालेपछि उनै महिलाले उजुरी दिएकी थिइन् ।

सोही उजुरीका आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो । त्यहाँको अरेरा कालोनी निवासी ३६ वर्षीया महिला निजी कलेजमा प्राध्यापक छिन् । उनका अनुसार सन् २०१९ मा भरत उर्फ ​​अश्विन नामका युवक पनि सोही कलेजमा पिउन थिए ।

अश्विनसँग ति महिलाले सामान्य व्यक्ति जस्तो कुरा गर्थिन् । यसैबीच, कलेजमा अश्विनले म्यामप्रतिको माया प्रकट गरेका थिए ।

कलेजमा नै उनले, ‘म तपाईलाई माया गर्छु म्याडम ।’ भनेका थिए । महिला प्राध्यापकले अश्विनलाई तिम्रो र मेरो उमेर मिल्दैन तिमी सानै छौँ भनेर सम्झाएकी थिइन् ।

यो उमेरमा यस्ता कुराहरुमा पर्नुहुँदैन भनेर उनले सम्झाएको खुलेको छ । तर भरत उर्फ अश्विनले म्यामको कुरालाई अर्को ढंगले बुझेका रहेछन् । त्यसपछि भरत प्रोफेसर घरदेखि कलेजसम्म आउने जाने गर्दै गर्दा पछ्याउन थाले ।

त्यसपछि, उनले कलेजमा नै ति महिलाको हात समातेर प्रेम प्रकट गर्न खोजेको कुराले हंगामा भयो । कलेजमा धेरै हंगामा भयो र भरतलाई कलेजबाट निकालियो ।

त्यसपछि उनी झन महिला प्रोफेसरको पछाडि हात धोएर लागेका थिए । महिला घरबाट निस्कने बित्तिकै उनी पछ्याउन थाल्थे । मौका पाउने बित्तिकै म्यामको कारमा मायाको उपहार छोडेर जान्थे ।

यस व्यवहारबाट विचलित भएर महिला प्रोफेसर आरोपी भरतको घरमा पुगिन् । उनले भरतका बाबुआमालाई घटनाबारे जानकारी गराइन्, बाबुआमाले पनि भरतलाई हप्काए ।

त्यसबेला उनले अब ति महिललाई दुःख दिन्न भनेर मानेका थिए । तर फेरि उनले त्यसो गर्न थाले । दुई दिन अघि उनले प्रोफेसरको कारको अगाडि आएर प्रेममा छु, विवाह गर्न चाहान्छु भनेर प्रस्ताव राखेका थिए ।

जब महिला प्राध्यापकलाई लाग्यो की भरत उनले सम्झाउदा मान्दैनन् तब उनले शुक्रबार उत्तर प्रदेश नगर प्रहरीमा लिखित उजुरी दर्ता गराइन् । मुद्दाको छानबिन गरिसकेपछि प्रहरीले आरोपी भरतलाई ६ वटा भन्दा बढी (दु’व्र्यव’हार, पछ्या’उनु, बाटो अवरुद्ध गर्नु र ध’म्की ‘दिने लगायत अपराधमा अभियोग बनाएर एफआईआर दर्ता गरेर अनुसन्धान शुरु गरेको छ ।

महिला प्राध्यापकले बताइन् कि भरतले उनलाई दुई बर्षदेखि सताइरहेका थिए । उनी भन्छिन्, ‘मैले सोचे कि ऊ सानो छ, उसले बुझ्नेछ, तर उसले आफ्नो गलत्त व्यवहार रोक्न सकेन । अब मलाई लाग्छ यदि मैले उसबारे पहिले उजुरी गरेको भए, सुरुमा उसले पाठ सिक्नेथियो ।’ प्रहरीका अनुसार भरतले यो सबै एकतर्फी प्रेमका कारण गर्दै आएका थिए ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१