अवैध धन्दामा संलग्न चार चिनियाँ नागरिक पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ असार २०७८, बुधबार ०४:५६

काठमाडौँ। प्रहरीले काठमाडौँको ज्याठाबाट दुर्लभ वन्यजन्तुका अंगहरुको तस्करी, जुवातासमा सट्टेबाजी लगायतका अवैध कारोबारमा संलग्न रहेको आरोपमा चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँले विषेश सूचनाका आधारमा सोमबार राति ज्याठा गल्लीस्थित जियाङ्यु खाजन होटलबाट अवैध सामग्रीसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा युनान प्रान्तका राहदानी नम्बर ईएन ६३१२७४२ बाहक ३१ वर्षीय झाउ पेनुचेङ, हुबे प्रान्त घर भएका राहदानी नम्बर ई ९२१०४८१० बाहक ३४ वर्षीय मा जिङविन, हेनान प्रान्त घर भएका राहदानी नम्बर इजेआई २३६०६३ बाहक ३१ वर्षीय निउ युलिआङ्ग र जुआङगदोन्ज प्रान्त घर भएका राहदानी नम्बर इबीजेट ६०२३३९ बाहक २८ वर्षीय पेङ्ग हुई रहेका छन् ।

परिसर प्रमुख एएसएपी अशोक सिंहकाअनुसार होटेलमा जम्मा भई सम्पत्ती हारजित हुने गरी जुवातासमा सट्टाबाजी खेली/खेलाई रहेको भन्ने विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले संयुक्त रुपमा होटेलमा छापा मारेर उनीहरुलाई पक्राउ गरिएको परिसर प्रमुख एसएसपी सिंहले बताए ।

‘होटलको दोस्रो तलामा शंकास्पद गतिविधि भएको भन्ने सूचनामा आधारमा प्रहरीको टोली त्यहाँ पुग्दा अवैध रुपमा जुवाको सट्टेबाजी चलिरहेको भेटियो । चिनियाँ नागरिकले दुई वटा विद्युतीय टेबल प्रयोग गरेर मिनी क्यासिनोका रूपमा जुवा खेलिरहेका रहेछन्’, एसएसपी सिंहले भने, ‘क्यासिनोको शैलीमा चिनियाँ भाषामा माजुङ भनिने गोटी राखेर खेलिने खेलमा संलग्न भएको पाइएपछि उनीहरु चारै जनालाई पक्राउ गरिएको छ ।’

 

छापाका क्रममा प्रहरीले जुवातास खेल्न प्रयोग हुने ४ सय १० थान प्लाष्टिकको गोटी र नेपाली रुपैयाँ ८ लाख ८९ हजार १ सय ५५ रुपैयाँ बरामद गरेको जनाएको छ ।

प्रहरीले होटेलको अन्य ठाउँमा छापा मार्दा अवैध सट्टेबाजीका सामाग्रीका साथसाथै दुर्लभ वन्यजन्तुका अङ्ग र छाला समेत बरामद् भएको जनाएको छ ।

प्रहरीले करीव ७ फिट लामो पाटे बाघको छाला, २ थान बाघको जस्तो देखिने दाँत, २० थान गाईको जस्तो देखिने छाला, कस्तुरीको विना २० थान, बुद्धचित्त ९ सय थान, रुद्राक्ष २० केजी समेत बरामद भएको प्रहरीले जनाएको छ ।

 

छापाकै क्रममा ७ थान मोबाइल, २ थान राहदानी, विभिन्न चिनिया बैंकहरुको ३५ थान एटीएम कार्ड, २ सय ५० थान भौचर (लेखिएको), ६८ थान भौचर (नलेखिएको), २ थान खुकुरी र १ थान तरबार समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१