ललितपुरमा एक भारतीय नागरिकको हत्या

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ असार २०७८, सोमबार ०५:१८

ललितपुर । ललितपुरको सानेपामा एक जना भारतीय नगारिकको हत्या भएको छ । हम्मर प्रहार गरेर भारतीय नागरिक ५९ वर्षीया सत्यनारायण पारिकको हत्या भएको प्रहरीले जनाएको छ ।

ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार झ्यालबाट कोही व्यक्ति घरमा प्रवेश गरेर उनलाई हम्मर प्रहार गरेको हुनसक्ने प्रारम्भिक छानविनबाट देखिएको हो । उनका अनुसार घरका केही सामान पनि हराएका छन्, त्यसैले चोरी गर्ने उद्देश्यले आएको व्यक्ति घटनामा संलग्न हुनसक्ने आशंका गरिएको छ ।

अन्तिम पटक पारिकले शुक्रबार साँझ एक जनासँग कुरा गरेका छन् । त्यसपछि कसैसँग सम्पर्क भएको नदेखिएको प्रहरीको भनाई छ । प्रहरी स्रोतका अनुसार घटना पनि शुक्रबार साँझै अथवा शनिबार बिहानतिर भएको हुनसक्ने अनुमान छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रहरीले शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ । पोष्टमार्टमपछि मृत्युको समय र कारणबारे खुल्ने प्रहरले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१