हजारौं वर्ष पहिलेदेखि नै हुन्थ्यो ‘सेक्स टाेइज’ प्रयोग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० असार २०७८, आईतवार ०५:१८

एजेन्सी । यौन खेलौनाको नाम लिने बित्तिकै मानिसहरु लजाउने गर्दछन् । कुनै अर्कै संसारका बारेमा कुरा हुँदैछ जसरी मानिसको फरक व्यवहार हुने गर्दछन् । यौन सुख दिने यी खेलौना अर्थात सेक्स टोइज हाम्रा पूर्खाले हजारौं वर्षदेखि नै प्रयोग गर्ने गरेको पाइएको छ ।

संसारकै सबैभन्दा पहिलो कृतिम लिङ्ग २८ हजार वर्ष पुरानो फेला परेको छ । यो जर्मनीमा फेला परेको हो । प्राचिन ग्रीस र इजिप्टमा यसको प्रयोग हुने गर्दथ्यो । काँचो केरादेखि ऊँटको सुकेको गोबरसम्मका कृतिम लिङ्गहरुको प्रयोग हुने गरेको पाइएको छ । यसका साथै ढुंगा, छाला वा काठका कृतिम लिङ्गहरुको पनि प्रयोग हुने गर्दथे । धेरै समयसम्म सेक्सको अर्थ भनेको पुरुषहरुमा हुने सन्तुष्टी नै मानिन्थ्यो । त्यतिबेलासम्म महिला सन्तुष्टी नभए उनलाई रोग लागेको अर्थ लगाउँदै उनको उपचार गर्न तिर लागिन्थ्यो ।

महिलाहरुमा असन्तोष भए उनीहरुलाई उत्ताउली भन्दै रोग लागेकोका रुपमा सर्वत्र चर्चा हुने गर्दथ्यो । त्यो समयमा धनी महिलाहरु आफ्नो उत्ताउलोपनको उपचारको मौका अलिक बढी दिने गरिएको बताइएको छ । सन् १८८० को दशकमा बेलायतका डा. जोसेफ मार्टिमर ग्रेनविलले पहिले इलेक्ट्रोमेकानिकल भाइब्रेटर आफ्नो पेटेन्ट गराएका थिए ।

२० औं शताब्दीको शुरुवातमै निजी कम्पनीहरुले व्यक्तिगत प्रयोजनका लागि भाइब्रेटर भएको कृतिम लिङ्ग बनाउन लागेका थिए । पत्रिकाहरुमा भान्साका सामानको विज्ञापनमा यसको पनि विज्ञापन हुने गर्दथ्यो । यसका आलोचकहरु भने अब त पुरुष र महिलाको आवश्यकता नै नरहने भो भन्दै तर्क गर्दथे ।

कृतिम लिङ्गलाई डिल्डो भनिन्छ । यो शब्दको प्रचलन सन् १४०० एडी तिरबाट शुरु भएको मानिन्छ । यो ल्याटिन शब्द डिलाट्रेटको अर्थ चौडा गर्ने भन्ने हुन्छ । इटालियन शब्द डिलेटोको अर्थ खुशी हो यहीबाट डिल्डो शब्द निस्किएको हो । सन् १९२० को दशकभन्दा पहिला पनि डिल्डो वा भाइब्रेटरको प्रयोग उत्ताउलो बिरामी निको पार्नका लागि हुन्थ्यो । सन् १९२० पछि पोर्न फिल्महरुमा डिल्डोको प्रयोग मात्र यौन सुखका लागि भएपछि यसमा व्यापक परिवर्तन आएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१