काठमाडौँ – कपन टुरिजम प्रोमोसन बोर्डको सांकृतिक साँझ भव्यताका साथ सम्पन्न गरेको छ । सांकृतिक साँझको सभापति कपन टुरिजम प्रोमोसन बोर्डको अध्यक्ष आङकामि सेर्पा ,प्रमुख आतिथ्यमा सामान्य प्रशासन मन्त्रि लालवावु पण्डित ,बिशेष अतिथि माननीय सभासद् गगन थापा र पर्यटन संघ सस्था बाट विभिन्न अतिथिहरु रहनु भएको थियो । उक्त सांकृतिक साँझमा दक्षिण कोरियाका चर्चित संगीतकर्मीहरु हे रुन पार्क र किम सुङ वेई सहभागी भएका थिए । साथमा नेपालबाट मिङ्मा शेर्पा, मिलन अमात्य, दुर्गा खरेल, सन्तोष लामा र विश्व नेपालीको बेजोड प्रस्तुती रहेको थियो । नेपाली र दक्षिण कोरियाली कलाकारबीच सांकृतिक कार्यक्रमको माध्यमबाट संकृती आदनप्रदान गर्ने उद्देश्यले सांकृतिक साँझको आयोजना गरिएको आयोजक भरत श्रेस्ठले बताउनु भयो । काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम सुरु हुदा हल भरि भराउ भएको थियो । कार्यक्रमबाट प्राप्त हुने कुल आम्दानीको ५० प्रतिशत रकम कपन पार्कमा बुद्ध प्रतिमा निर्माणमा खर्चिने आयोजकले बताइएको छ ।
प्रतिक्रिया