काक्रो खेती कसरि गर्ने ? प्रबिधि र यसको उपयोगिता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ असार २०७८, शुक्रबार १५:२४

काक्रोको बैज्ञानिक नाम कुकुमिस साटिभस ( Cucumis sativus) हो। यो कुकुरबिटासी (Cucurbitaceae) परिबारमा पर्द्छ। यो एक बर्सिय लहरे बाली हो। यसको उत्तपति भारतको दछिण पुर्बी भागमा भएको पाइन्छ। काक्रो नेपालको परापुर्ब काल देखि नै खेती गरिदै आएको मुख्य बाली हो। यसको खेती पहाड देखि तराईसम्म गर्न सकिन्छ । नेपालमा मध्यपहाडी क्षेत्र यसको मुख्य उदगम थलो मानिन्छ ।

अन्य लहरेबाली जस्तै काक्रोले पनि धेरै गर्मी र धेरै जाडो सहन सक्दैन। काक्रो तराईमा माघ , फाल्गुनमा रोपिन्छ भने बेमौसमी खेतिको लागि पुसमा बेर्ना तयार गरि रोपिने गरिन्छ। मध्ये पहाडमा चैत मा रोपिन्छ भने उच्च पहाडमा बैशाख देखि जेठसम्म काक्रो रोपिन्छ। काक्रो लाई सलाद बनाएर चानामा नुन खुर्सानी दलेर, अचार बनाएर , तरकारी पकाएर फल प्रसोधन गरेर सिधै खाने गरिन्छ। हाबापानी: न्यानो मौसममा खेती गरिने बाली भएकाले यसलाइ न्यानो तापक्रम को आबसयकता पर्द्छ। यसको बोट वृद्धि हुन २५° सेल्सियस देखि ३०°सेल्सियस तापक्रम आबसयकता पर्द्छ। यसले तुसारो सहदैन । आद्रता बढी भयो भने पनि यसको बोट वृद्धि बिकास हुदैन।

माटो: काक्रो खेतिका लागि बलौटे दोभट र पागो माटो उपयुुक्त हुन्छ। उच्च उर्बरासक्ती र ५.५ देखि ६.५ पि. एच भएको माटो उपयुत्त हुन्छ। काक्रो खेती चिम्टाइलो माटो मा गर्न नसकिने भन्ने हैन तर तर यस्तो प्रकारको माटो मा लहरा बढि लाग्ने तर फल चाहिँ कम लाग्छ त्यसैले यस्तो प्रकारको माटो त्यति उपयुुक्त हुदैन ।

जग्गाको तयारी : काक्रो खेतीका लागि २-३ पटक राम्रो सङ गहिरो गरि खनजोत गर्ने र माटो बुर्बुराउदो बनाउनु पर्छ। १८० से. मि चौडाइ को ड्याग बनाउने र दुई ड्याग को बिचमा कुलेसो बनाउने। बिउदर : प्रती कठा २०-३० ग्राम हाइबृड(Hybrid) र लोकल अथबा स्थानीय जात भएको खण्डमा १३ ग्राम प्रती कठा । रोप्न्रे तरिका: ३० देखि ३५ से.मि को खाडल खनी सिफारिस मात्राको मलखाद को प्रयोग गर्नुपर्छ। २-३ दिन पछि २ दाना खस्ने गरि २-३ से.मि गहिरो पारेर बीउ रोप्ननु पर्छ।

रोप्न्ने दुरि: Row×Row= २ मिटर Plant ×plant= 1 मिटर थाक्रो अथवा छाप्रो हाल्ने: काक्रो लहरे बाली भएको कारण ले यसको वृद्धि बिकास साथै फलेको काक्रो फल माटोमा परि नबिग्रयोस भन्ने उद्देशयका साथ थाक्रो अथबा छाप्रा दिइन्छ । बोटहरु थोरै सङ्ख्या भए रुखको हागा अथवा बासको लिगो बोटको नजिकै गाडेर थाक्रा दिइन्छ। ब्याबसायिक स्तरमा खेती गर्दा १.५ मिटर देखि २ मिटर अग्लो खम्बा गाडी बासको भाटा अथबा डोरि बाधेर टाड बनाइन्छ।

काक्रो को उपयोगिता :

१)काक्रोको धेरै औसधि जन्य महत्त्व छ।

२)काक्रो पैस्टिकताले धेरै महत्त्वपूर्ण मानिन्छ। यसमा भिटामिन बि , सि क्यालसियम र फस्फोरस पाइन्छ,

३)काक्रोमा पानीको मात्रा प्रसस्त हुन्छ र यसले कब्जीयत हुनबाट बचाउछ, काक्रो खानाले ग्यास्टृक कम हुन्छ, यसको प्रयोगले जन्डिसका बिरामिहरुलाइ फाइदा गर्दछ, मोटोपन घटाउन सहयोग गर्द्छ , गर्मिको समयमा सितल घटाउछ।

लेखक:सुस्मा पौडेल , कृषि तथा पशु बिज्ञान अध्यन संस्थान पक्लिहवा क्याम्पसमा अध्यनरत कृषि विद्यार्थी हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१