ओलीले बोलाएको बैठकमा नजाने माधव समूहको निर्णय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ असार २०७८, शुक्रबार ०५:०४

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल समूहले बालुवाटार नजाने निर्णय गरेको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले थास्थितिमा बालुवाटार नजाने निर्णय गरेको हो ।

ओलीले शुक्रबार बोलाएको बैठक अवैध भएको माधव समूहको निष्कर्ष छ । यो समूहका नेताहरुले उक्त बैठकमा सहभागी नहुने निर्णय पनि गरेको नेता घनश्याम भुसालले जानकारी दिए ।

बैठकले बैठक बोलाउने दशौं महाधिवेशन आयोजक समिति नै अवैध भएकाले उक्त बैठकमा नजाने निर्णय गरेको भुसालको भनाई छ । भोलि बोलाएको बैठक अवैध कमिटीले डाकेको बैठक हो, त्यो पार्टी एकताको पक्षमा देखिएन’ उनले भने, ‘पार्टी एकतालाई इमान्दार भएर अगाडि बढाउन र त्यसैअनुसार बैठकलगायत सबै प्रक्रिया अघि बढाउन आह्वान गरेका छौं ।’

बैठकमा सहभागी अधिकांश नेताहरुले पार्टी एकताका लागि इमान्दार प्रयत्न गर्ने बताएका थिए । ‘पार्टी एकताका लागि हाम्रो इमान्दार प्रयत्न जारी रहन्छ । त्यस्तै प्रयत्नको अपेक्षा गर्छौं’ भुसालले भने ।

बुधबार बसेको एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकले शुक्रबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको थियो । उक्त बैठकमा सहभागी हुन एमालेको केन्द्रीय सचिवालयले पत्राचारसमेत गरेको छ ।

बैठकले शुक्रबार बोलाइएको केन्द्रीय समिति बैठकमा यथास्थितिमा नजाने सर्वसम्मत निर्णय गरेको छ भने पार्टी एकताका लागि आह्वान समेत गरेको छ । बैठकमा सहभागी एक नेताका अनुसार ओलीले बोलाएको बैठकमा नजाने विषयमा माधव समूहका सबै नेता एकमत देखिएको हो ।

बैठकमा नेता योगेश भट्टराईले समेत यथास्थितिमा बालुवाटार जान नसक्ने बताएका थिए । माधव समूहले प्याकेजमा सहमति गरिनुपर्ने बताउँदै आएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१