एजेन्सी । के तपाईंले महशुस गर्नु भएको छ, हाम्रो सोचाई बिहान र बेलुका फरकफरक हुन्छ ? आफ्नो कलेज वा अफिसको रिपोर्ट बनाउनु पर्ने भयो भने हामी कहिले घण्टौंसम्म सोचमग्न हुन्छौं त कहिले त्यहि कुरा फ्याट्टै गर्छौं । यसको मुख्य कारण हाम्रो शरीरको शरीर चक्र । त्यसैकारण बिहान उठेर योग गर्ने वा बिहान उठेर पढ्ने । किनकी सूर्य उदाउनेदेखि सूर्य अस्ताउन्जेलसम्म हाम्रो शरीरमा अलगअलग प्रकारका हर्मोन निस्किन्छन् । ती मध्ये कुनै हर्मोन हामीलाई उत्साहित गराउने हुन्छन् त कुनै थकाउने खालका । त्यहि त आउनुहोस् यी हर्मोन रातमा वा निन्द्रामा हामीलाई के के गराउँदछन् चर्चा गरौं ।
सूर्य जब अस्ताउँछ तब रातो प्रकाश हाम्रो आँखामा भएको रेटिनाको एक्टिभेट गराउँदछ । यसले मेलिटोनियनको मात्रा बढ्छ । मेलिटोनियनका कारण हामीलाई निन्द्रा आउँछ । यसले हामीलाई थकाउँदछ । यतिखेर हामी कुनै पनि काम ठीकसँग गर्ने स्थितिमा रहँदैनौं । हाम्रो आँखा बन्द हुन थाल्छ । सुत्न मन लाग्न थाल्छ । यतिखेर दिमागमा हाइ फ्रिक्वेन्सी वेभको ठाउँमा लो फ्रिक्वेन्सी वेभ उत्पन्न हुन थाल्छ । हामी पुरै तरिकाले रिल्याक्स् हुन्छौं । निन्द्रामा पुगेपछि हाम्रो ग्रोथ हर्मोन सक्रिय हुन्छ । हाम्रो शरीर एकप्रकारको वर्कसपमा पुग्दछ । त्यतिखेर हाम्रो शरीरको मर्मतको काम हुन्छ । मांशपेशी, छाला, कपाल सबैको मर्मत हुन्छ । तपाईंलाई सम्झना आयो होला कि बच्चाहरु हामीभन्दा धेरै किन सुत्छन् ? हो, हर्मोनका कारण । उनीहरुमा ग्रोथ हर्मोन हामीभन्दा धेरै सक्रिय हुन्छ । बच्चालाई सानोबाट ठूलो हुनु पर्ने भएकाले यस्तो भएको हो ।
हामी पनि आवश्यक मात्रामा सुतेनौं भने हाम्रो आँखा गाडिन पुग्छ । यतिखेर ग्रोथ हर्मोनले हाम्रो छालामा रिपियरिङ्ग गर्ने समय पुगेन त्यसैले यस्तो भयो । यसैगरि धेरै सुतिएन भने कपाल झर्न थाल्छ । हामी ताजा महशुस गर्दैनौं । हाम्रो शरीर कुनै कम्प्युटर जस्तै हो । हाम्रो दिमाग कम्प्युटरको प्रोसेसर हो । प्रोसेसर तीब्र चल्दा कम्प्युटर पनि राम्रो गरी काम गर्छ । कम्प्युटर हाङ हुँदा हामी कम्प्युटर सर्ट डाउन गर्छौ र रिस्टार्ट गर्छौं ।
हामी निदाएपछि दिमागभित्र सफाईको काम शुरु हुन थाल्छ । दिनभरमा हामीले देखेका र महशुस गरेका आवश्यक चिजहरु टेम्पोरेरी स्टोरेजमा जान्छ र आवश्यक नभएका चिजहरु दिमागले डिलिट गरिदिन्छ । धेरै नै आवश्यक चीजहरु मत्र दिमागले पर्मनेन्ट स्टोरेजमा राख्दछ । यो सबै हामी गहिरो निन्द्रामा भएका बेला हुन्छ ।
त्यसपछि र्यापिट आइ मुभमेन्ट फेज अर्थात निन्द्राको त्यो भाग जहाँ हामी सपना देख्छौं । सपना देख्दा हाम्रो रक्तचाप उच्च हुन्छ, मुटुको गति पनि बढ्छ र श्वासप्रश्वास तीब्र हुन्छ । सपनाका माध्यमद्वारा हाम्रो दिमाग हामीले दिनभरमा देखेका र महशुस गरेका कुराहरुको प्रोसेस गरिरहेको हुन्छ । केही समय सपना देखेपछि फेरि हामी गहिरो निन्द्रामा पुग्दछौं । फेरि हामी सपना देख्न थाल्छौं । निन्द्रामा हाम्रो शरीरको तापक्रम पनि कम हुन्छ रत ओड्ने ओड्नु पर्ने हुन्छ ।
रातमा नसुत्ने मान्छेको दिमाग अलमलमा पर्छ । यहि कारण रातमा धेरै दुर्घटना पनि भएका हुन् । बिहान हुन थालेपछि स्ट्रेट हर्मोन कर्टिजोल सक्रिय हुन्छ र हाम्रो निन्द्रा भङ्ग हुन थाल्छ । कर्टिजोल नै हामीलाई निन्द्राबाट बाहिर निकाल्ने काम गर्दछ । तर अलार्म लाग्ने बित्तिकै उठ्नु भने हुँदैन । किनकी हाम्रो दिमागका सबै भाग एकै पटक जागी सकेका हुँदैनन् । त्यसकारण बिस्तारै उठ्नु पर्ने हुन्छ । बिहान हुने बित्तिकै हाम्रो प्रोसेसर अर्थात् दिमाग रिस्टार्ट हुन थाल्छ ।
– एजेन्सीकाे सहयाेगमा
प्रतिक्रिया