नेकपा एमालेको महाधिवेशन आयोजक समिति खारेज, १८ गते केन्द्रीय कमिटीको बैठक बस्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ असार २०७८, बिहीबार ०५:३६

काठमाडौ । नेकपा एमालेले १० औं महाधिवेशन आयोजक समिति खारेज भएको छ । अध्यक्ष केपी शर्मा ओली समूहले एकतर्फी बनाएको आयोजक समिति खारेज गरी गरी केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले १० औं महाधिवेशन आयोजक समितिलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । अब केन्द्रीय कमिटीको बैठक असार १८ गते बस्नेछ ।

बैठकले कोरोना महामारी नियन्त्रणका लागि सरकारले गरेको कामको उच्च प्रशंसा गरेको पनि ज्ञवालीले बताउनुभयो । त्यस्तै सबै नागरिकलाई खोप दिलाउन सरकारलाई अनुरोध पनि गरेको छ ।

 

बैठकले स्थायी कमिटीमा रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, रघुवीर महासेठ, रघु पन्त, विष्णु रिमाल र बेदुराम भुसाललाई मनोनीत गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै एमालेको बैठकले बाढी, पहिरोजस्ता विपदमा उद्दार र राहतमा सरकारले खेलेको भूमिकाको उच्च प्रशंसा गरेको ज्ञवालीले जानकारी दिनुभयो ।

वरिष्ठ नेता झलनाथ खनालको उपचारको जिम्म पनि पार्टीले लिने निर्णय भएको प्रवक्ता ज्ञवालीको भनाइ छ ।

गएको २८ फागुनमा अध्यक्ष केपी ले दशौं महाधिवेशन आयोजक कमिटी बनाए पनि सर्वोच्च अदालतले मान्यता दिएन ।

यसपछि २ जेठ २०७५ को एमाले पार्टी कमिटी, विधान र नेतृत्व कायम गर्ने निर्णयमा एमाले पुगेको हो । २ जेठ २०७५ मा जानका लागि माधव समूहले माग राखेको थियो ।

उनीहरुको मागपनि पूरा हुने सर्वोच्चको आदेशको पालनापनि हुने भएकाले ओलीले यही निर्णय लिनुभएको बुझाई छ । २ जेठ २०७५ मा फर्किएपछि माधव समूहका केही प्रभावशाली नेताहरु सकारात्मक बन्नुभएको छ ।

नेता योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे लगायतले यसलाई सकारात्मक भन्नुभएको छ । उहाँहरु यही बैठकमा नगएपनि २ जेठ २०७५ को कमिटी ब्यूतिएपछि अब असार १८ गते बोलाइएको बैठकमा भने सामेल हुने उहाँहरु निकट स्रोतको दावी छ ।

प्रतिक्रिया