अध्यक्ष ओली समूहको बैठक लगत्तै माधव पक्ष स्थायी समितिको बैठक बस्दै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ असार २०७८, बिहीबार ०५:२३

काठमाडौं । एमालेको माधव पक्षले भोलि स्थायी समिति बैठक बोलाएको छ । विकसित राजनीतिक घटनाक्रमबारे आफ्नो समूहको बैठक बसेर छलफल गर्ने माधव पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । ‘बिहीबार हाम्रो समुहको बैठक बसेर छलफल गर्छौँ,’ उनले भनिन् ।

प्रधानमन्त्री तथा ध्यक्ष केपी शर्मा ओलीले आज महाधिवेशन आयोजक कमिटीको बैठक राखेर जेठ २ को पार्टी संरचनामा असार १८ मा केन्द्रीय कमिटी बैठक बोलाउने तथा नेताहरूमाथि गरेको कारवाही खारेज गर्ने घोषण गरेपछि माधव समूहले आफ्नो पक्षको स्थायी समिति बैठक बोलाएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार आयोजक कमिटीको अन्तिम बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीलाई गलत ढंगले कब्जा गर्ने र विरोधीसँगको साँठगाँठबाट सरकारलाई बदनाम गर्ने खेल भएको बताएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१