रिसाएकी जीवनसाथीलाई कसरी फकाउने ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ असार २०७८, बुधबार ०५:२३

विवाहित जोडीहरुबीच कहिलेकाहिँ खटपट हुनु सामान्य हो । एकअर्काबीच विचार, योजना वा निर्णयहरु नमिल्दा केही तितोमिठो हुन्छ नै । यस्तोमा कोही रिसाउने, घुर्क्याउने गर्दछन् । यस्तोमा आफ्नो पार्टनरको मुड राम्रो बनाउन केही टिप्स अपनाउनु पर्दछ ।

आफ्नो जीवनसाथीको मुड राम्रो बनाउन सबैभन्दा सजिलो, सरल र सस्तो तर अत्यन्त उपयोगी उपाय हो, प्रसंसा गर्नु । जो सुकैलाई पनि पार्टनरले आफ्नो बारेका राम्रा कुरा मन पर्छ । तसर्थ उसको प्रसंसा गर्नु नै पार्टनरको मुड बनाउने उत्तम उपाय हो ।

यस अलावा मुड बनाउन, महँगो उपहार वा उसलाई मन पर्ने अन्य कुराहरु पनि दिन सकिन्छ । तर यो सबैबेला उपयोगी नहुन सक्छ । अझ हरेक व्यक्तिको खुसी केवल उपहार वा वस्तुमा मात्र हुन्छ भन्ने पनि हुदैँन । त्यसैले एउटा सानो प्रसंसा नै काफी हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१