एक वर्षका लागि सभापतिमा सहयोग गर्न कोइरालालाई पौडेलको आग्रह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ असार २०७८, मंगलवार ०५:००

काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एक पटक पार्टीको सभापति बन्ने ठूलो इच्छा रहेको बताउँदै सहयोग गर्न आग्रह गरेका छन् ।

पौडेल निवास बोहोराटारमा आज कांग्रेस नेता डा. शेखर कोइरालासँगको भेटवार्तामा पौडेलले आफूलाई सभापतिमा सहयोग गर्न आग्रह गरेका हुन् ।

आगामी १४औँ महाधिवेशनमा सभापतिका दाबेदारसमेत रहेका कोइरालासँगको भेटमा वरिष्ठ नेता पौडेलले आफूलाई एक वर्ष सभापतिमा सघाएमा त्यसपछि आफू छोड्दिन तयार रहेको बताए । ‘अहिले मलाई छोडिदिनुहोस्, एक वर्षपछि म तपाईंलाई नै सहयोग गर्छु ।’ पौडेलेको प्रस्ताव उल्लेख गर्दै स्रोतले भन्यो ।

भेटमा कोइरालाले भने पौडेललाई प्रधानमन्त्रीको उम्मेदवार बन्न प्रस्ताव गरेका थिए ।

कोइरालाले आफूलाई सभापतिमा सहयोग गर्न आग्रह गर्दै वरिष्ठ नेता पौडेललाई भने लामो राजनीतिक यात्रामा संगालेको अनुभवलाई प्रधामन्त्री बनेर कार्यान्वयन गर्न प्रस्ताव गरेको बोहोराटार निकट स्रोतको भनाइ छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१