स्नातकोत्तर तहको परीक्षा साउन ४ गतेबाट सञ्चालन गरिने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ असार २०७८, सोमबार ०५:२४

काठमाडौं । त्रिवि चिकित्सा शास्त्रको स्नातकोत्तर तहको एमपीएचएन शैक्षिक कार्यक्रमको प्रथम वर्षको पुन: परीक्षा आगामी साउन ४ गतेबाट सञ्चालन हुने भएको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत चिकित्सा शास्त्रको तालिका अनुसार परीक्षा ४ गतेबाट सुरु भई १९ गते सकिने छ ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान डीनको कार्यालय परीक्षा नियन्त्रण महाशाखा स्नातकोत्तर तह एमपीएचएन शैक्षिक कार्यक्रम प्रथम वर्षको पूर्ण परीक्षा सम्बन्धी अत्यन्त जरुरी सूचना जारी गरेको हो ।

सूचनामा भनिएको छ, ‘यस अध्ययन संस्थान अन्तर्गतका आंगिक चिकित्सा क्याम्पसमा सञ्चालित स्नातकोत्तर तह एमपीएचएन शैक्षिक कार्यक्रम प्रथम बर्षको पुन: परीक्षा मिति २०७१ श्रावण ४ गते (१९ जुलाइ २०२१) देखि निम्न अनुसार सञ्चालन हुने भएकोले सम्बन्धित सबै परीक्षार्थीहरुलाई मिति २०७८ असार २० गते (४ जुलाई २०२१) भित्र आफ्नो क्याम्पसमा गई परीक्षा फारम भर्न सुचित गरिन्छ ।

साथै उक्त फारमहरु क्याम्पस २०७८ असार २२ गते (६ जुलाई २०२१) भित्र यस परीक्षा नियन्त्रणमा शाखामा अनिवार्य रुपले उपलब्ध गराउनुपर्नेछ ।

उल्लेखित २२ गतेभित्र फारम नबुझाउने परीक्षार्थीहरुले मिति २०७२ असार २५ गतेसम्म परीक्षा दस्तुर: दोब्बर बुझाई परीक्षा फारम भर्न सक्नेछन् ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१