जेसिबीको बकेटले हानी वडाअध्यक्षको हत्या, जेसिबी चालक पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ असार २०७८, आईतवार ०४:४६

सर्लाही । सर्लाही, १२ असारईश्वरपुर नगरपालिका-३ मा जेसिबीको बकेटले हानी सोही वडाका वडाअध्यक्षकाे हत्या अभियाेगमा जेसिबी चालक पक्राउ परेका छन् । नगरपालिकाकाे बाण टोलस्थित मुखलाल बाँध पोखरी खन्ने बिषयमा भएको विवादमा जेसिबीको बकेटले हानी सोही वडाका वडाअध्यक्ष ५५ वर्षीय सूर्य कुमार श्रेष्ठको हत्या गरेको अभियोगमा जेसिबीका चालक हरिपुर नगरपालिका-१ हजारबिघा बस्ने रबिन तामाङ भन्ने ४० वर्षीय हर्कबहादुर गोलेलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हाे ।

उक्त बिषयमा वडा अध्यक्ष सूर्य कुमारसँग जेसिबी ठेकदार ईश्वरपुर नगरपालिका-३ भक्तिपुर बस्ने ३१ वर्षीय प्रेमराज दाहाल, पोखरी ठेकदार सोही ठाउँ बस्ने ४० वर्षीय ईन्दल सहनी र जेसिबी चालक हर्कबहादुरबीच शुक्रबार राति बिवाद हुँदा हर्कबहादुरले आवेशमा आई जेसिबी स्टार्ट गरी वडाअध्यक्षलाई हानेर खाल्टोमा पुरेका थिए ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी उपरीक्षक समेतको टोली तत्काल घटनास्थल पुगेकाे थियाे । वडा अध्यक्षलाई प्रहरीले उद्दार गरी उपचारको लागि एम्बुलेन्सद्वारा जिल्ला अस्पताल मलंगवा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनापछि फरार रहेका चालक हर्कबहादुरलाई जिल्ला प्रहरी कार्यालय सर्लाही लगायत मातहत कार्यालय समेतबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा सर्लाही लालबन्दीमा फेला पारी पक्राउ गरेको हो ।साथै प्रेमराज दाहाललाई अनुसन्धानको लागि नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१