‘गल्ती स्वीकार गरेर आए ओलीलाई स्वागत गर्नुपर्छ’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ असार २०७८, शुक्रबार ०५:०३

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफुहरु अहिले कुर्सीका लागि नभई देशको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउनुपर्ने बेला भएकाले सवैको हातेमालो आवश्यक रहेको बताएका छन् ।

बिहीबार सम्पादकहरूसँगको छलफलमा नेता नेपालले देश जोगाउने जिम्मेवारी राजनीतिक दल र मिडियाकर्मीको समेत भएको बताए । कार्यक्रमा उनले भने, ‘देश जोगाउने अभिभारा तपाइँहरुको हो, हाम्रो हो, हामी सवैको हो ।’

देशको स्वाधिनता, स्वाभिमान र राष्ट्रहितको रक्षाका लागि संघर्ष गरिरहेको भन्दै ओलीको अहंकारले संसद विघटन गरेपनि कोर्स करेक्सन गर्न सकिने उनको भनाई छ ।

‘देशमा गणतन्त्र आएको छ, संघीयता आएको छ । जनताको चेतना प्रखर भएको छ । सुशासनको प्रत्याभुति, संविधानको रक्षा र सहि काम गरेर जनताको जीवनलाई सम्मृद्ध बनाउनुपर्ने बेलामा संसदलाई विघटन गरेर चुनाव नै हुननसक्ने चुनावको घोषणा गर्नु ओलीको अहंकार मात्रै हो ।’ उनले भने, ‘यो कोर्स करेक्सन गरौ । त्रुटि कमजोरी हुन्छन् सुधार गर्न सकिन्छ’, नेता नेपालको भनाइ छ ।’ ओलीले गल्ती स्वीकारेर आएर उनलाई स्वागत गर्न सकिने समेत नेता नेपालले बताएका छन् ।

प्रतिक्रिया