सलमानलाई छोडेर व्यापारीको प्रेममा ज्याकलिन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० असार २०७८, बिहीबार ०४:५२

बलिउड । बलिउड नायक सलमान खानसँग नायिका ज्याकलिन फर्नान्डेजको नाम बेला–बेलामा जोडिने गरेको छ । सलमानसँग नाम जोडिएपनि उनीहरु प्रेममा रहेको खबर पुष्टी भने भएको थिएन ।

यसैविच, नायिका फर्नान्डेज साउथका एक व्यापारीको प्रेममा रहेको खबर भारतीय मिडियाले सार्वजनिक गरेका छन् । ज्याकलिन चाडै नै आफ्ना प्रेमीसँग मुम्बईमा एकसाथ बस्ने तयारीमा समेत छिन् । समाचार अनुसार ज्याकलिनले केही महिनादेखि जुहु इलाकामा घर खोजिरहेकी थिइन् । अब, उनले घर पाएकी छिन् र अहिले यसको सज्जावटको काम चलिरहेको छ ।

ज्याकलिन आफ्ना प्रेमीको साथमा भिडियोको माध्यमबाट कुराकानी गरिरहन्छिन् । साउथका व्यापारीको नाम भने सार्वजनिक भएको छैन । तर, श्रीलंकाकी यी सुन्दरी प्रेममा निकै नै गम्भिर रहेको पनि बताइएको छ ।

घरको आन्तरिक डिजाइनका लागि फ्रान्सको एक चर्चित कम्पनीलाई जिम्मा दिइएको मिडियामा उल्लेख छ । पछिल्लो समय ज्याकलिनले अभिनय गरेको ‘पानी पानी’ बोलको गीत निकै हिट छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१