महत, ढकाल र शर्माविरुद्ध एक अर्बको भ्रष्टाचार अभियोगमा मुद्दा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० असार २०७८, बिहीबार ०४:४९

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फछर्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्यद्वय उमेशप्रसाद ढकाल र चूडामणि शर्माविरुद्ध भ्रष्टाचारका अभियोगमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार नेपाल राजपत्रमा प्रकाशित सूचित आदेश र कर फछ्र्योट आयोग ऐनले दिएको अधिकार क्षेत्र बाहिर गई अभियुक्तले करदातासँग कर फछ्र्योट सम्झौता गरेको पाइएको छ ।

आयोगले उनीहरुविरुद्ध एक अर्ब ३३ लाख २० हजार ३ सय ८५ बराबरको बिगो दावी गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार उनीहरुविरुद्ध बिगो असुल गरी कैद सजायसमेत माग गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१