‘एमालेलाई तहसनहस गरेर गलत बाटो अंगाल्दाको परिणाम सिंगो देशले भोग्दैछ’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ असार २०७८, बुधबार ०४:५७

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संसद्, सरकार र पार्टी (नेकपा) साथै नेकपा (एमाले) लाई तहसनहस गरेर गलत बाटो अङ्गाल्दाको परिणाम सिंगो देशसहित पार्टी र जनताले भोगिरहेको बताएका छन् ।

मंगलवार सर्वोच्च अदालतको निर्णय पश्चात सामाजिक सञ्जालमार्फत उनले संसदमा झण्डै दुई तिहाई बहुमतका साथमा बलियो सरकार बनेको र जनचाहना अनुसार इतिहासमै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी ‘नेकपा’ बनेको जनाउँदै यस्तो बताएका हुन् ।

उनले भनेका छन्, ‘पार्टीको पदको दुरुपयोग गरेर पटकपटक गलत निर्णय गर्दै जाने स्थितिले पार्टी, देश र कसैलाई गन्तव्यमा पुर्याउँदैन र राम्रो परिणाम दिँदैन । हामीले गलत कार्यको खबरदारी गर्दै आएका थियौं र छौं ।’

उनले एकतावद्ध पार्टी र आन्दोलन बनाउन तर्फ लाग्न नेता तथा कार्यकर्तामा आग्रह गरेका छन् भने नेपाल राष्ट्रको गरिमा ऊँचो राख्न तथा संविधान, गणतन्त्र र नेपाली जनताको हितको रक्षा गर्न सम्पूर्ण वामपंथी, लोकतान्त्रिक र परिवर्तनकारी सकारात्मक शक्तिहरू एक हुन आव्हान पनि गरेका छन् । नेता नेपालले मुलुकलाई भड्खालोमा पुग्नबाट समयमै जोगाऔं भनेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक २३, २०८१