जनप्रतिनिधिको पद रिक्त गराउन निर्वाचन आयोगमा माओवादीले बुझायो विवरण (सूचीसहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ असार २०७८, मंगलवार ०४:४७

काठमाडौं । निर्वाचन आयोगलाई नेकपा माओवादी केन्द्रले पार्टी फेरबदल गरेका १४ जनप्रतिनिधिलाई पार्टीबाट निष्कासन गरेको जानकारी गराएको छ । माओवादीले एमालेतर्फ लागेका स्थानीय तहका १४ जना जनप्रतिनिधिको पद रिक्त गराउन निर्वाचन आयोगमा विवरण बुझाएको हो ।

माओवादीको बिहान बसेको केन्द्रीय कमिटी बैठकले आयोगलाई जानकारी गराइएको हो । केन्द्रीय कमिटीका १७ सदस्यलाई पार्टीबाट हटाइएको विवरण पनि अभिलेखीकरण गर्न सूचना पठाइएको नेता लिलामणि पोखरेलले बताए ।

माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई अख्तियारी दिए अनुसार कारबाही गरेको जानकारी यसअघि नै पठाएको थियो । तर, आयोगले केन्द्रीय कमिटीको निर्णय नभइ कारबाहीको सूचना प्रकाशन नगर्ने बताएपछि आज केन्द्रीय कमिटी बसेर निर्णय अनुमोदन गरेको हो ।

माओवादीले एमाले प्रवेश गरेपछि नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, गौरीशंकर चौधरी, प्रभु साहलगायत सदस्यहरुलाई निष्कासन गरिसकेको थियो । उक्त विषय अभिलेखीकरणका लागि आयोगमा आज पुनः जानकारी गराइएको पोखरेलको भनाई छ ।

पदमुक्त गर्न कारवाही गरेका जनप्रतिनिधिहरू

१. रिनाकुमारी साह, प्रमुख—मौलापुर नगरपालिका, रौतहट

२. सियाराम कुशवाह, प्रमुख— कटहरिया नगरपालिका, रौतहट

३. परनिया देवी, उपप्रमुख— देवाही गोनाही नगरपालिका, रौतहट

४. गौरीशंकर जयसवाल, उपप्रमुख—मौलापुर नगरपालिका, रौतहट

५. कान्ती देवी, उपप्रमुख— फतुवाविजयपुर नगरपालिका, रौतहट

६. सीमलाल साह, उपप्रमुख— माधव नारायण नगरपालिका, रौतहट

७. गीतादेवी शाह, उपप्रमुख— युमनामाई गाउँपालिका, रौतहट

८. समतीलाल दास ताती, सदस्य— लहान नगरपालिका सिरहा

९. शेष फारुक, अध्यक्ष— सम्सी गाउँपालिका, महोत्तरी

१०. सुरेश कुमार थावा, वडाध्यक्ष— चम्पादेवी गाउँपालिका(१ ओखलढुंगा

११. भागिरथी विष्ट, वडाध्यक्ष— गौरीगञ्ज नगरपालिका(४, कैलाली

१२. शर्मानन्द भट्ट, वडाध्यक्ष— गोदावरी नगरपालिका(१ कैलाली

१३. पुरन विसी, वडाध्यक्ष— बर्दगोरिया नगरपालिका(४, कैलाली

१४. छायाँ देवकोटा, उपप्रमुख— भजनी नगरपालिका, कैलाली

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१