ललितपुरका २ सय २६ पत्रकारले लगाए कोरोनाविरुद्धको खोप

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ असार २०७८, सोमबार ०५:२६

ललितपुर । चीनबाट अनुदानमा प्राप्त भएको कोभिड–१९ विरुद्धको भेरोसेल खोप आज नेपाल पत्रकार महासंघ ललितपुर शाखाबाट २ सय २६ पत्रकारले लगाएका छन् ।

फ्रन्टलाइनमा खटिने पत्रकारको स्वास्थ्यलाई ध्यानमा राखी उक्त कार्यक्रम अघि बढाइएको हो ।

ललितपुर शाखामा सदस्य रहेका कूल ४ सय ७३ पत्रकारमध्ये २ सय २६ ले पहिलो डोजको भेरोसेल खोप लगाएका ललितपुर शाखाका अध्यक्ष सागर न्यौपाने जानकारी दिए । उनले भने, “१ सय ८३ पुरुष र ४३ महिला पत्रकारले खोप लगाए ।

दोस्रो डोजको खोप भने चार हप्तापछि लगाइने वातावरण मिलाउने छौँ ।” ललितपुर शाखामा आवद्ध कूल सङ्ख्यामा बाँकी २ सय ४७ ले भने कोभिड सिल खोप लगाइसकेका न्यौपानेको बुझाइ छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१