विपक्षी गठबन्धनको बैठक सकियो, के-के भयो छलफल ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ असार २०७८, सोमबार ०५:१६

काठमाडौं । विपक्षी गठबन्धनको बैठक सकिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा  भएको विपक्षी गठबन्धनको बैठक  सकिएको हो ।

कांग्रेसबाट सभापति देउवासहित रामचन्द्र पौडेल र पूर्णवहादुर खड्का सहभागी छन् भने माओवादी अध्यक्ष प्रचण्डसहित नारायणकाजी श्रेष्ठ र देव गुरुङ सहभागी छन् ।

यस्तै नेकपा एमालेका माधव नेपाल, भीम रावल सभागी थिए भने जनता समाजवादी पार्टीका तर्फबाट अशोक राई, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठ पनि सहभागी थिए । यस्तै जनमोर्चाका दुर्गा पौडेल पनि सहभागी भएका थिए ।

सर्वोच्च अदालतमा असार ९ देखि प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाई शुरु हुन लागेकै बेला विपक्षी गठबन्धन छलफलमा जुटेका हुन् । आज थप रणनीति बनाउन कांग्रेस, माओवादी, जसपाको उपेन्द्र यादव समूह र एमालेको माधव नेपाल समूहका नेताहरु छलफल गरेका छन् ।

बुढानिलकण्ठमा करीव डेढ घण्टा बसेको बैठकमा पछिल्लो दिनका राजनीतिक घटनाक्रमको समिक्षा गरेको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काका अअनुसार प्राकृतिक विपत्तिमा जनतालाई राहत दिन सरकार असफल भएको निष्कर्ष निकालिएको हो ।

बैठकले गण्डकी, कर्णाली, सुदूरपश्चिम र प्रदेश २ मा गठबन्धन पक्षका सरकार बनेकाले ती सरकारलाई जनपक्षीय काममा केन्द्रित हुन निर्देशित समेत गरेको छ । गठबन्धन सरकार बन्न बाँकी रहेका प्रदेश १, वागमती र लुम्बिनीमा पनि आफ्नो पक्षको सरकार गठनका लागि राजनीतिक पहल जारी रहेको खड्काले बताए ।

स्रोतका अनुसार आजको बैठकमा एमाले एकताको प्रयास जारी रहे पनि माधव नेपाल पक्षले गठबन्धन नछाड्ने जानकारी गराएको छ । प्रचण्ड र माधव नेपालले कांग्रेस केन्द्रीय कार्य समितिबाटै विपक्षी गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेकोमा सभापति देउवालाई धन्यवाद भनेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१